साना उद्यमीलाई सरल कर्जा प्रदान गर्दै प्रभु बैंक

Machchapuchchre

अर्थ राजनिती ~ प्रभु बैंकले साना उद्यमीलाई सरल कर्जा उपलब्ध गराएको छ। बैंकले महिला अटो चालकलाई ५ प्रतिशतमै ऋण  दिएको छ । आइडिया स्टुडियोसँगको सहकार्यमा बैंकले पहिलो चरणमा १० जना टेम्पो चालकलाई १/१ लाख रुपैयाँ सरल कर्जा प्रदान गरिसकेको छ । ६ महिनादेखि घरेलु कामदारहरु बेरोजगार भएको कारण उनीहरुको जिविकोपार्जनको लागि ५ प्रतिशत ब्याजमा सस्तो कर्जा दिन लागिएको हो । कोभिड- १९ महामारीका कारण पैसाबाट कोरोना संक्रमण नफैलियोस् भनेर बैंकले टेम्पोमा क्यू आर कोड प्रविधि जडान गर्ने योजना समेत बनाएको जानकारी दिएको छ । बैंकले फोनबाट नै भाडा तिर्न सहज होस् भनेर क्रेडिट र डेबिट कार्डको प्रयोग गर्न मिल्ने प्रविधि जडान गर्ने योजना बनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनका अनुसार  यसले व्यवसायहरुको आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र महामारीमा उनीहरुका पेशा, उद्यम र व्यवसायहरुलाई पुनःसुचारु गर्न केहि हदसम्म मद्दत गर्ने विश्वास लिइएको छ । बैंकले घरेलु महिला कामदारहरुलाई पनि सरलकर्जा प्रदान गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्