सबै जिल्लामा कोरोना परीक्षण गर्न र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न देउवाको माग

Machchapuchchre

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील गरेका छन् । उनले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपिल गरेका छन् ।आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले सरकारलाई यस्तो अपिल गरेका हुन् । उनले पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पु¥याउन पनि माग गरेका छन् । कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न पनि उनको माग छ । उनले भनेका छन्,-‘खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्