थप ८१८ सङ्क्रमितसहित कुल संख्या ३१ हजार ९३५ पुग्याे

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसका ८१८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  २२० महिला र  ५५८ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १३ हजार १५५ रहेका छन् । क्वारेन्टिनमा ११ हजार ४१४ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आठ हजार २६ पीसीआर परीक्षणमा भएकाे थियाे । संस्थागत आइसाेलेसनमा नाै हजार २१२ र हाेम आसाेलेसनमा तीन हजार ९४३ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २८१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार ६३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्