पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ सहित ७४३ जनामा कोरोना संक्रमण, मृतकको संख्या १५७ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरसका ७४३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७४३ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ ।
मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा दश हजार २३४ जनाको आर टी पीसीआर परीक्षण गरिएकोमा ७४३ जना नयाँ सङ्क्रमित भएकाे पुष्टि भएको जनाएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

सङ्क्रमित वृद्धि हुँदै गर्दा निको हुने दर घट्दै गएको छ । हाल सङ्क्रमित निको हुने दर ५८ प्रतिशतमा झरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल संस्थागत् आइसोलेसनमा नौ हजार १५४ र होम आइसोलेसनमा चार हजार ५६१ जना बसेको जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्