कोरोना कहर: सक्रमितको संख्या दुई करोड २३ लाख, ज्यान गुमाउने सात लाख ८४ हजार तीन सय

Machchapuchchre

अर्थ राजनीति ~   विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २३ लाख पाँच हजार आठ सय ८७ जना नाघेको छ ।आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ८४ हजार तीन सय ३८ जना पुगेको छ भने एक करोड ५० लाख ४५ हजार आठ सय ७९ संक्रमित पुगेका छन् ।

अमेरिकामा मात्र एक लाख ७७ हजार ७४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख १० हजार १९, भारतमा ५३ हजार १४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा सात सय ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हालसम्म मेस्सिकोमा ५७ हजार सात सय ७४ जनाको ज्यान गइसकेको छ ।

बुधबार विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १७ हजार पाँच सय ८० जनाले कोरोना जितेका छन भने एक सय १४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्