निषेधाज्ञा के हो ? के गर्न पाइन्छ के पाइन्न…? (सुची सहित)

Machchapuchchre

अर्थ राजनीति ~  उपत्यकामा बुधबार रातीदेखि लागू हुन् निषेधाज्ञा कार्यान्वयनका लागि १७ वुँदे निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय १७ बुँदे निर्देशन जारी गरेको हो ।

विश्वव्यापी महामारीका रूप लिएको कोभिड(१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेकाले उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले बुधबार रातीदेखि निषेधाज्ञा लगाउने निर्णय गर्दै १७ बुँदे निर्देशन जारी गरेको हो ।

निर्देशनअनुसार औषधि, खाद्यबस्तु र अन्य अत्यावश्यक उपभोग्यबस्तु वा सेवा खरिद बाहे घरबाट बाहिर ननिस्कन पाहिने छैन । यसैगरी बैंक तथा वित्तीय संस्थालाई पनि अनलाईबाटै सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

यसैगरी कोभिड(१९ को संक्रमण का जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९ बजेदेखि साढे १ बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन सकिने छ ।

सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खादवस्तु, इन्धन, खाना पकाउने ग्याँस तरकारी, फलफूल, दूध, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा वाहेकका सवारी साधन सञ्चालन गर्न पाहिने छैन ।

यसैगरी मिडियाका लागि पनि एकदकै आवश्यक परेको खण्ड बाहेक बाहिर नस्किन जिल्ला प्रशासनले आग्रह गरेको छ । यदि आवश्यक परेको खण्डमा सम्बन्धित संचार गृहले जारी गरेको परिचयपत्रको आधारमा हिड्न सकिने काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तुल्सीराम पौडेलले जानकारी दिए । ‘को हिडडुल गर्न पाउने कसले नपाउने भन्दा पनि मानवीय स्वास्थ्यका लागि हामीले निषेधाज्ञा जारी गरेका हौं,’ उनले भने, ‘तसर्थ प्रशासनिक विषय वा अधिकार भन्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै सबैलाई घरमै वसिदिन वा अनलाई माध्यबाट काम गर्न आग्रह गर्दछौं ।’

यस्ता छन् निषेधाज्ञामा पालाना गर्नुपर्ने १७ बुँदे निर्देशन

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन ।
२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न । ३.अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न ।
४. जिल्ला भित्र सर्वै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न ।
५. कोभिड(१९ को संक्रमण का जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा विहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खादवस्तु, इन्धन, खाना पकाउने ग्याँस तरकारी, फलफूल, दूध, विद्युत, दूरसंचार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइशोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा वाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न ।
८.परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न । ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने गतिविधि हरु सञ्चालन गर्न ।
१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न ।
११. फूटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न ।
१२. होटेल, रेष्टुराँ सञ्चालन गर्न ।
१३. बैंकिंग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल व विद्युत माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रबाह गर्नुपर्ने छ ।
१४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ ।
१५. हवाई उडान बाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ । साथै,
१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी व लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानून बमोजिम कारबाही हुनेछ ।
१७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कार्यवाही हुनेछ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्