राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्