भोलि रातिदेखि भदौ १० गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

Machchapuchchre

अर्थ राजनीति ~ बुधबार रातिदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ ।

मंगलबार साँझा बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिकरुपमा बढेसँगै जिल्ला यस्तो निर्णय गरिएको हो ।

मंगलबार मात्रै मुलुकभर हालसम्मकै सबैभन्दा बढी १ हजारबढी कोरोना संक्रमित भेटिएका छन् । हाल काठमाडौं उपत्यकामा मात्रै १ हजारबढी सक्रिय कोरोना संक्रमित भइसकेका छन् । नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्