अयोध्याबारे ओलीको अभिव्यक्तिमाथि भाजपाकाे निन्दा, नेपालभित्रै चर्को आलोचना

Machchapuchchre

अर्थ राजनीति ~  प्रधानमन्त्री ओलीले राम भारतीय हुँदै होइनन्, अयोध्या नेपालकाे ठोरीमै भएकाले राम हुन् भन्ने अभिव्यक्ति दिएपछि यसको तरङ्ग नेपालमा मात्र हैन, भारतमा समेत फैलिएको हो ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतमा अहिले व्यापक आलोचना छाएको छ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले समेत प्रधानमन्त्री ओलीको भनाइकाे कडा शब्दमा निन्दा गरेको छ । उसले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति विवादित भएको र भगवान रामप्रतिको आस्थामाथि कसैको खेलबाड सह्य नहुने चेतावनी दिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमै आयोजना भएको कार्यक्रममा भारतले सांस्कृतिक हस्तक्षेप गरेकाे आरोप लगाउनुभएको थियो । उहाँले रामको जन्म नेपालको अयोध्यापुरीमा भएकाले राम नेपालको भएको बताउनुभएको थियो । भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालको साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको प्रधानमन्त्री ओलीले आरोप लगाउनुभएको थियो ।

उता भारतकै समाचार संस्था पीटीआइले ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको रहेकाे बताएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपालका उच्च नेताहरुबाट पनि आलोचना भैरहेको छ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि प्रधानमन्त्री ओलीको आलोचना गर्नुभएको छ । उहाँले अति गरे खति हुन्छ, प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ बताउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ गएको टिप्पणी गर्नुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्