अध्यक्षद्वयबीच मङ्गलबार बालुवाटारमा वार्ता

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ । यसअघि गत बुधबार दुई अध्यक्षबीच छलफल भएको थियो । सोपछि आज मङ्गलबार भएको हो । दिउँसो १२ बजेदेखि शुरु भएको वार्ता करिब डेढ बजेसम्म चलेको बताइएको छ ।
प्रधानमन्त्रीलाई भेटन अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुग्नुभएको थियो । साउन २ गतेसम्मका लागि स्थगित गरिएको नेकपा स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच विवादित विषयमा सहमति हुने विश्वास गरिएको छ । सोही सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीचको वार्ता र संवाद जारी छ ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै संवाद र छलफलबाटै पार्टीको आन्तरिक विवाद समाधान हुने विश्वास दिलाउनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्