थप ११६ जना नयाँ सङ्क्रमित , कुल सङ्क्रमित १७ हजार ६१

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका बिरामी संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ । चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल क्वारेन्टाइनमा २४ हजार ७१६ जना बिरामी छन् । आईसोलेशनमा छ हजार ६९५ जना छन् । सोमबारसम्म सङ्क्रमित हुनेको संख्या १६ हजार ९४५ थियो । जसमध्ये निको भएका दश हजार २९४ र सङ्क्रमण सक्रिय रहेको बिरामीको संख्या छ हजार ६१३ जना रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्