कोरोना कहर: विश्वभर ८५ लाख कोरोना संक्रमित, मृतक साँढे ४ लाख नाघ्यो

Machchapuchchre

अर्थ राजनीति ~ विश्वभर लगभग ८५ लाख  जनामा संक्रमण पुष्टि भएको छ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख ६६ हजार ९ सय ४६, बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ५२ हजार ५ सय २० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ। त्यस्तै, ब्राजिलमा ४७ हजार ७ सय ४८, बेलायतमा ४२ हजार ३ सय ७३, इटालीमा ३४ हजार ५ सय १४, फ्रान्समा २९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्