कोरोनाको पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ ।

सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् ।

सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा केही व्यक्ति घाइते भएका छन् ।

२५ जनाभन्दा बढी भेला हुन नपाइने भन्दै प्रहरीले उनीहरुलाई तितरवितर पार्न लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको थियो ।

धर्नामा सहभागीहरुले कोरोना परीक्षणका लागि ‘आरडीटी’ नभइ ‘पीसीआर टेस्ट’ गर्नुपर्ने माग गरेका थिए ।

सरकारले कोरोनाका नाममा खर्च गरेको भनिएको १० अर्ब रुपैयाँको हिसाब दिनुपर्ने उनीहरुको माग थियो ।

धर्नामा बसेकाहरुले ‘लकडाउन’का बेला सरकारले व्यापारीलाई कर तिर्न ताकेता गरेकोमा समेत विरोध गरेका थिए ।

धर्नामा सहभागीहरुले ‘सरकारको सरोकार कार्पेट कि पीसीआर ?’, ‘शतप्रतिशत पीसीआर परीक्षण गर’, ‘कर केका लागि ?’ लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्