३२३ जनामा कोरोना, संक्रमितको संख्या चार हजार नाघ्यो, ५८४ जना निको हुँदा १५ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसबाट थप ३२३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । त्यसैगरी, थप ९६ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाकाे मृत्यु भएकाे छ । चितवनकाे भरतपुर अस्पतालमा विहान चितवन –११ का एक काेराेना सङ्क्रमित पुरूषकाे मृत्यु भएकाे छ । पहिलो पटक इलाम जिल्लामा पनि कोरोना सङ्क्रमित भेटिएकाले कोरोना फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्