कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वषर्ीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्