पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८ सय ९३ जनाको मृत्यु, १ लाख १८ हजार २२१ नया संक्रमित थपिएका

Machchapuchchre

अर्थ राजनीति ~ बिश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर  ४ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ । भने २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा १ हजार १ को मृत्यु भएको छ ।

अमेरिकामा ९ सय ६९, मेक्सिकोमा ८१६, भारतमा २८६, बेलायतमा ३५७ तथा रुसमा १४४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ लाख १८ हजार २२१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २९ हजार ९ सय ५६ संक्रमित थपिएका छन् ।

अमेरिकामा १३ हजार ३ सय ५१ कोरोना संक्रमित थपिएका छन् । रुसमा ८ हजार ७ सय २६, भारतमा ९ हजार ४ सय ७१, पेरुमा ४ हजार २ सय २, मेक्सिकोमा ४ हजार ४ सय ४२ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्