स्याङ्जाका र पर्वतमा थप दश जनामा संक्रमण, गण्डकीमा संक्रमित ३७

Machchapuchchre

अर्थ राजनीति ~ गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षका पुरुष र विरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै पर्वत जिल्लामा पहिलोपटक कोरोनाका संक्रमित भटिएका छन् । पर्वतको कुश्मामा रहेको क्वारेन्टाइनमा बसेका फलेवास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टी भएका १० जनानै स्थानीय तहको समन्वयमा भारतबाट नेपाल भित्रिएका थिए । उनीहरुलाई नेपाल भारत सिमाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्