आरोप प्रमाणित भए झुण्डिन तयार छु: संसद कृष्णकुमार श्रेष्ठ

Machchapuchchre

अर्थ राजनीति – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप लगाउने डाक्टरले के गर्लान् ?” सांसद श्रेष्ठलगायतमाथि सांसद अपहरणको आरोप लागेको छ ।

फरक प्रसङ्गमा सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रियताको सम्वर्द्धनका सन्दर्भमा ठोस कार्यक्रम आएको भन्दै समर्थन गर्नुभयो । उहाँले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्