५३ जनामा काेराेना सङ्क्रमण थपिए, कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

Machchapuchchre

अर्थ राजनीति ~  कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ ।

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार बाँके जिल्लामा ४६, धुलिखेलमा चार, मोरङ र भैरहवामा एक/एक एकजनालाई सङ्क्रमण भएको हो ।

बाँकेमा ४६ पुरुष र एक महिला, भैरहवामा परीक्षण गरिएकोमा गुल्मीका ४१ वर्षीय पुरुष र धुलिखेल अस्पतालमा परीक्षण गरिएकोमा धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जना रहेका छन् ।

सङ्क्रमितहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेकाे प्रवक्ता देवकाेटाले बताउनुभएकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्