नेपालगञ्ज तीन दिनका लागि पूर्ण निषेधित क्षेत्र

Machchapuchchre

कोरोना भाईरसको ईपि सेन्टरका रुपमा उदाएको नेपालञ्ज उपमहानगरपालिका क्षेत्रलाई स्थानीय प्रशासनले तीनदिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । सो अवधिमा कसैलाई अत्यावश्यक काम बाहेक घरबाट निस्कन नदिइने जनाईएको छ । सोमबार नेपालगञ्जमा बसेको कोभिड १९ संकट ब्यवस्थापन सम्बन्धी सर्वदलीय सर्वपक्षीय बैठकले तीन दिनकालागि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा बसेको बैठकले बैशाख २३ गते बिहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातीसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्