थप ७ जनामा कोरोनाभाइरस संक्रमणको पुस्टि, संक्रमितको संख्या ८२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – आज भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका चार जना महिलाहरु छन् । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । आइतवार मात्र एकै दिन १५ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु सबै गत शुक्रबार फेला परेका ५८ वर्षिय पुरुषका छिमेकी तथा उनको सम्पर्कमा आएकाहरु हुन् । नेपालगञ्ज उपमहानगरपालिका ८ का ५८ वर्षीय पुरुषमा गत शुक्रबार कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका एक सय जनाको खोजी गरी परीक्षण सुरु गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्