लकडाउन पुन १५ दिन लम्ब्याउने तयारि

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरिरहेको बुझिएको छ । भारतमा पनि संक्रमण दर बढिरहेको तथा नेपालमा पनि जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल सुरु भएको छ ।

यद्दपी लकडाउनको स्वोरुप परिबर्तन गरि तिन भागमा (रातो – उच्च जोखिम, पहेलो – मध्यम जोखिम र हरियो – न्युन जोखिम) बर्गिकरण  गरेर लकडाउन केहि खुकुलो बनाउनेकि भन्ने बारेमा छलफल भएतापनि हिजो एकैदिन ठुलो संख्यामा संक्रमितको संख्या बढेपछाडी र भारतले समेत लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म लम्ब्याउने तयारि भईरहेको बिशेस सुत्रबाट बुझिएको छ ׀

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्