राष्ट्रपतिबाट बैशाख २६ गते संसद अधिवेशन आह्वान

Machchapuchchre

अर्थ राजनीति –  राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि दुवै सदनको संयुक्त अधिवेशन आह्वान गर्नु भएको छ ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१)बमोजिम अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुबै सदनको अधिवेशन आव्हान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो ।

कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको थियाे । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो । संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ ।
आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको थियाे ।
सङ्घीय संसद् सचिवालयले बैठक सञ्चालनको तयारी र व्यवस्थापन भइरहेकाे जनाउँदै  कोरोना सङ्क्रमण जोखिमलाई समेत ध्यानमा राखेर भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन लगायतका काम अगाडि बढाएकाे थियाे । बैठक कक्षलाई सुरक्षित बनाउन अन्य उपाय पनि अवलम्बन हुनेछन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्