लकडाउन हटाउन अमेरिकाको मिसिगन राज्यमा हतियार सहित प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति – बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपयले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए ।
ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए । मास्क लगाएका राज्य प्रहरीले उनीहरुलाई भित्र प्रवेश गर्न रोकेका थिए । प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।
“राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,” सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भन्नुभएको छ । ट्वीटमा उहाँले सार्वजनिक गर्नुभएको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये एक जनासँग हतियार रहेको छ । “बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ ।” प्लेकार्ड सहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।

गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए । एक दिन पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै “लिबरेट मिसिगन १ अर्थात् मिसिगनलाई मुक्त गरौं” भन्दै ट्वीट गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्