ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, नेपाल पनि अध्यक्ष

Machchapuchchre

अर्थ राजनीति – पार्टीभित्रको विवाद समाधान गर्न भन्दै ल्याइएको प्रस्तावमा माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने भन्ने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई पद त्याग्न दबाब दिइरहेका नेताहरुसमक्ष यस्तो विकल्पका लागि प्रस्ताव पेश गरेका छन् । त्यसका लागि कोरोनाको वर्तमान संकट सकिनुपर्ने शर्त उनले राखेका छन् । पार्टी सचिवालयको बुधबार बसेको बैठकमा चौथो वरियताका नेता नेपाललाई अध्यक्ष बनाउन तयार रहेको ओलीले बताएका हुन् ।

गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधानसम्म पनि संशोधन गर्न आफू तयार भएको उनले बताएका थिए । त्यसका लागि गौतमलाई राष्ट्रिय सभामा लैजाने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न आफू तयार भएको बताएको स्रोतको दावी छ । त्यस गर्न नसकिए कुनै क्षेत्र खाली गराएर त्यहाँ निर्वाचन लडाएर भए पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव ओलीले राखेको बताइएको छ ।

ओलीको प्रस्तावले समाधान दिन गाह्रो हुने बुझाई अरु नेताको छ । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव संविधान संशोधनसँग सम्बन्धित रहेको र आफूसँग दुई तिहाई नभएको अवस्थामा यो सम्भव नभएको नेताहरुको भनाइ थियो । तेस्रो अध्यक्षमा नेपाललाई ल्याउँदा वरियतामा माथि रहेका अर्का नेता झलनाथ खनाललाको ब्यबस्थापनमा अर्को चुनौती थपिने देखिन्छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्