रौतहटमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या तीन पुगेको जस मध्ये एक जना निको भएर घर फर्किसकेका छन । नेपालमा भने कुल संक्रमित संख्या ५४ पुगेको छ ।

जिल्लाको देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षिय पुरुष तथा वृन्दावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएका दुवै जनाको स्वाब नमुना परिक्षणका लागि प्रादेशीक अस्पताल जनकपुर पठाईएको थियो तर त्यहाँ नतिजा नेगेटिभ आएपछि आशंका लागेर पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पताल पठाउँदा दुवै जनाको नतिजा पोजेटिभ देखिएको बताइएको छ  ।
यसअघि पनि जिल्लाको इशनाथ नगरपालिकाको औरैया क्वारेन्टाईनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर उनी स्वस्थ भएर घर फर्किसकेका हुन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्