कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ११ हजार नाघ्यो , ३० लाख भन्दा बढी संक्रमित

Machchapuchchre

अर्थ राजनीति – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण तीस लाख भन्दा बढी प्रभावित भएका छन् ।

प्रभावित मध्ये एक तिहाई संयुक्त राज्य अमेरिकमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिका, इटाली र स्पेनमा संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर दुई लाख ११ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । त्यसैगरी करिब नौ लाख २० हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

यसैबीच कोराना भाइरस संक्रमणको रोकथाममा लापरवाही गरेको आरोप लागेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले संगठनको बचाउ गरेका छन् ।

महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले गत जनवरीमा डब्लुएचओले घोषणा गरेको स्वास्थ्य संकटकालको घोषणा गर्दा विश्वले त्यसको बेवास्ता गरेको बताए ।

उनले त्यसबेला चीनबाहेक ८२ जना मात्र कोरोनाका संक्रमित फेला परेको बेला डब्लुएचओको सल्लाहमा अघि नबढ्दा परिणाम भयावह भएको प्रतिक्रिया दिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्