बिहीबार दुईजना निको भए, दुईजना थपिए, संक्रमितको संख्या ४७ पुग्यो

Machchapuchchre

अर्थ राजनीति – नेपालमा कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या ४७ पुगेकाे छ । बिहीबार  उदयपुरकी एक महिला र जनकपुरका एक किशाेरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका परीक्षणहरूमा उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पोजेटिभ देखिएको उनको भनाइ छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले जानकारी दिए ।

यस्तै, बिहीबार नै थप दुईजना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला उपचारपछि निको भएर घर फर्किएका हुन् । उनीहरु आमाछोरा हुन् । योसँगै निको भएर घर फर्किनेको संख्या नाै पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्