प्रचण्ड र नेपालसँग भेटेपछि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली तयार, अब के हुन्छ ?

Machchapuchchre

अर्थ राजनीति – प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन् । आज बिहान अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेका थिए । नेकपा उच्च स्रोतका अनुसार पार्टीभित्रै विवाद भएपछि ओली ब्याक हुन तयार भएका हुन् ।

यो सँगै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरुसँग पनि छलफल थालेका छन् ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान बालुवाटारमा भएको भेटवार्तामा नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्ने विषयमा कुराकानी भएको थियो । दुई नेताबीच झण्डै दुई घण्टा कुराकनी भएको बालुवाटार स्रोतले जनाएको

अब अध्यादेश फिर्ताको लागि सरकारले नै राष्ट्रपतिसमक्ष सिफारिश पठाउनुपर्ने हुन्छ । संविधानको धारा ११४ को उपधारा २ को  ‘ख’ मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थालाई समातेर अध्यादेश फिर्ता गरिने बुझिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्