कोरोना कहर: मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार २ सय ५६ पुगेको छ । यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ५० हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७२ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ । स्पेनमा २० हजारभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ ।

यसैगरी इरानमा ४९५८, बेल्जियममा ५१६३, जर्मनीमा ४३५२, चीनमा ४६३२, नेदरल्याड्समा ३४५९, ब्राजिलमा २१४१, स्वीडेनमा १४०० जनाको मृत्यु भएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्