नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुगेको अनुमान

Machchapuchchre

अर्थ राजनीति – सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि जनमानसमा चिन्ता बढेको छ । शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ । उदयपुर जिल्लामा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार,  उदयपुरमा २० देखि ४० वर्षका पुरुषमा संक्रमण देखिएको छ ׀ संक्रमितहरु २०, २२, २५, २६, २८(३ जना), २९(२ जना), ३४ र ४० बर्षका रहेका छन् ׀

त्रियुगा नगरपालिका–३ भुल्के मस्जिदमा लुकेर बसेका १६ मध्ये १२ जनालाई कोरोना पोजेटिभ देखिएको हो । विराटनगरस्थित पीसीआर ल्याबमा गरिएको परीक्षणमा १२ भारतीयलाई कोरोना पोजेटिभ देखिएको हो । बाँकी चार जना नेपालीको रिर्पोट भने नेगेटिभ देखिएको छ।

मस्जिदमा रहेका ती व्यक्तिहरू लुकेर बसेको अवस्थामा परीक्षण गरिएको थियो । मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वास्थ्यकर्मीको टोलीले नाक एवं घाँटीको स्वाब संकलन गरेको थियो । त्यस्तै चितवनमा संक्रमितमध्ये एकजना पुरुष र अर्को महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताका छन् । उनीहरूको उमेर २७ र ६३ छ ।

सरकारले आवतजावत बन्दको घोषणा गरे पनि खुला सीमाका कारण जोखिम बढ्ने देखिन्छ । नाकाको आवागमन जोखिमपूर्ण भएको उल्लेख गर्दै विज्ञले पछिल्लो संक्रमणले तेस्रो चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन् ।

कोरोना भाइरस समुदाय तहमा फैलिएको अवस्थामा तेस्रो चरणमा प्रवेश गरेको मानिन्छ । संक्रमितबाट समुदायमा फैलिएको पुष्टि भए तेस्रो चरणमा प्रवेश गरेको हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्