दुई वर्षको लागि करारमा नेपाल बैंकले माग्यो कर्मचारी

Machchapuchchre

अर्थ राजनीति । नेपाल बैंकले काठमाडौँस्थित प्रधान कार्यालयमा कर्मचारी माग गरेको छ । बैंकले प्रदेश नं. २ मा  दुई जना, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशस्थित प्रादेशिक कार्यालयहरुमा एक,एक जना सुरक्षा सुपरभाइजर सहायक सरहका लागि भ्याकेन्सी खुलाएको छ । बैंकले २ वर्षका लागि करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । चैत्र १२ गतेसम्म सेनाको सुवेदार, प्रमुख सुवेदार, मानार्थ उपसेनानी वा सो सरहको पदबाट निवृत्तिभरणमा अवकाश पाएको पाँच वर्ष ननाघेको र उमेर ५३ वर्ष ननाघेको उम्मेदवारलाई आवेदन दिन नेपाल बैंकले आह्वान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्