विभिन्न वित्तीय संस्थाहरुमा रोजगारको अवसर

Machchapuchchre

अर्थ राजनीति । घरेलु लघुवित्तले कर्मचारी माग गरेको छ । घरेलु लघुवित्तले बरिष्ठ सहायक वा सहायक लेभलको शाखा प्रबन्धक र कनिष्ठ सहायक पदमा कर्मचारी मागेको छ । शाखा प्रबन्धकका लागि प्रवीणता उतीर्ण र दुई वर्षको कार्यानुभव हुनु पर्ने छ । सहायक पदका लागि भने एसएलसी पास भए पुग्छ र अनुभव भने नचाहिने बताइएको छ । आवेदन दिने म्याद चैत्र ७ गतेसम्म मात्र रहेको छ ।

पोखरा फाइनान्सले सुपरभाइजर वा जुनियर अफिसर, एसिस्टेन्ट वा सिनियर एसिस्टेन्ट र केही जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी मागेको छ । तीन वटै पदका लागि कम्तीमा मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण गरेको हुनुपर्ने पोखरा फाइनान्सले जानेको छ । सुपरभाइजर वा जुनियर अफिसरका लागि पाँच वर्ष र एसिस्टेन्ट वा सिनियर एसिस्टेन्टका लागि तीन वर्षको अनुभव भएको व्यक्तिले आवेदन भर्न सक्नेछन । आवेदन दिने म्याद चैत्र १० गतेसम्म मात्र रहेको छ ।

सिभिल लघुवित्तले कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, वरिष्ठ सहायक वा सहायक र कनिष्ठ सहायक लेभलका पदका लागि कर्मचारीहरु माग गरेको छ । कनिष्ठ अधिकृत, व्यवस्थापन प्रशिक्षार्थीका लागि स्नातक, वरिष्ठ सहायक वा सहायकका लागि प्रवीणता उतीर्ण वा एसएलसी उतीर्ण गरी दुई वर्षको अनुभव र कनिष्ठ सहायकका लागि एसएलसी उतीर्ण हुनुपर्नेछ । कनिष्ठ अधिकृत पदका लागि दुई वर्षको अनुभव भएको हुनुपर्छ । आवेदन दिने म्याद चैत्र ७ गतेसम्म रहेको छ ।

शाइन रेसुंगा डेभलपेमेन्ट बैंकले केही संख्यामा मेनेजमेन्ट ट्रेनी मागेको छ । एमबीए वा एमबिसमा २ जीपीए ल्याको वक्तिले आवेदन दिन पाउने छन । आवेदन दिने मिति चैत ४ गते सम्म मात्र रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले पनि कर्मचारी माग गरेको छ । एक जना कम्लायन्स डिपार्टमेन्ट हेड एवम् केही संख्यामा ब्रान्च मेनेजर, रिलेसनसिप अफिसर वा मेनेजर र अपरेसन इन्चार्ज माग गरेको छ । कम्प्लायन्स हेडका लागि स्नातकोत्तर उतीर्ण वा स्नातक उतीर्ण सीए मागिएको छ । अन्य पदका लागि स्नातक उतीर्ण भए पुग्ने बैंकले जनाएको छ । कम्लायन्स डिपार्टमेन्ट हेड, ब्रान्च मेनेजरका लागि चार वर्ष र अन्यका लागि तीन वर्षको अनुभव भएको हुनुपर्ने छ । आवेदन दिने मिति चैत्र चार गते सम्म मात्र रहेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्