संसदको कार्यसूचीबाटै हट्यो कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव

Machchapuchchre

काठमाडौं । नेपालको उत्तर–पश्चिमी सीमा कालापानी क्षेत्रमा भारतले मिचेको भू–भाग फिर्ता ल्याउने तथा त्यहाँ रहेका विदेशी (भारतीय) सैनिक हटाउने सम्बन्धमा संकल्प प्रस्ताव दर्ता गर्ने विषय बिहीबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

यसअघि सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूचीको पहिलो नम्बरमै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कालापानीबारे संकल्प प्रस्ताव पेश गर्ने विषय उल्लेख थियो ।

उक्त प्रस्तावमा नेकपाकै सांसद रामकुमारी झाँक्रीले समर्थन गर्ने भनिएको थियो । तर, बिहीबार बिहान ११ बजेतिर बैठक शुरु हुनुभन्दा केही अगाडि उक्त प्रस्तावलाई कार्यसूचीबाट हटाइएको हो ।

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरिसकेपछि सर्वदलीय बैठकबाट नेपालको भू–भाग कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भू–भाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ भन्दै नेकपा सांसदलले संकल्प प्रस्ताव दर्ता गर्न लागेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्