प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

Machchapuchchre

अर्थ राजनीति | प्रधानमन्त्री ओलीको मृग्रौला प्रत्यारोपण गरेको हप्ता दिन पछी पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संग्लग्न चिकित्सक टोलीलाई ‘क्लेब्सेला ब्याक्टेरिया’ को संक्रमण भएको शंखा लागे पछी पिसाबको कल्चर गर्न पठाइएको जानकारी छ । कल्चरको रिपोर्ट आए पछी मात्र प्रधानमन्त्री ओलीको डिस्चार्ज हुने वा नहुने बारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन । प्रधानमन्त्रीको निजि डाक्टर दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको जानकारी गराउदै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिइन । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेब्सेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएको बेला त्यो फेरी फर्किने सम्भावना हुन्छ । उनको ‘क्लेब्सेला ब्याक्टेरिया’ को संक्रमणक रहेको रिपोर्ट आए प्रधानमन्त्री ओलीको अस्पतालमा अझै केहि दिन बस्नु पर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्