लन्डनको स्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित

Machchapuchchre

अर्थ राजनीति । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस दिन दिनै बढिरहेको छ । लन्डन ‘एजेन्सी’ बेलायती स्वास्थ्य मन्त्री नदिन डोरिस कोभिड १९ बाट संक्रमित भएकी छिन । सत्तारुढकन्जरभेटिभ पार्टीको डोरिस बेलायतमा कोभिड-१९ संक्रमित पहिलो सांसद हुन् । डोरिसले आफुमा संक्रमण देखिएपछी सम्पूर्ण सावधानी अपनाएको र अहिले ‘सेल्फ आइसोलेसन’मा बसेको जानकारी गराएकी छिन । अधिकारीका अनुसार उनलाई कसरि संक्रमण भयो भन्ने बारे स्पष्ट भएको छैन । बेलायतको स्वास्थ्य मन्त्रालयको अनुसार उनि गत बिहिबार १० डाउनिङ स्ट्रिटमा बसेको मन्त्रिपरिषद बैठकमा उपस्थित थिइन् । उनलाई त्यहि दिन कोभिड -१९ को लक्षण देखिएको थियो । उनीसंग सम्पर्कमा रहेको मन्त्री तथा अधिकारीलाई सेल्फ आइसोलेसनमा बस्न वा स्वास्थ्य परिक्षण गराउन आग्रह गरेको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्