डलरको भाउ ७८ पैसाले तल खस्कियो

Machchapuchchre

अर्थ राजनीति । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपालि मुद्रा कम्जोर बन्दै गएको छ ।अमेरिकी डरलको भाउ बिहीबार भने खस्किएको छ । हिजो अमेरिकी डलरको विनिमय दर  १ सय १८ रुपैयाँ ८४ पैसा तोकेको थियो भने  नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलरको  विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा तोकेको छ । हिजोको तुलनामा डलरको भाउ ७८ पैसाले  खस्किएको हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ । डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने विज्ञहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्