कोरोना भाइरसको आतंकले मास्कमा कालो बजारी

Machchapuchchre

अर्थ राजनीति ।  विश्व व्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसले आम मानिसमा त्रास उत्पन्न गराएको छ । अहिले कोरोना भाइरसको डरले मानसिहरु सुरक्षा अपनाउन थालेका छन र सजक पनि हुदै गएका छन ।  कोरोना बाट बच्नको लागि मानिसहरु घरबाट निस्के पछि मास्को प्रयोग गर्न थालेका छन । कोरोनाले गर्दा मास्क किन्ने र लगाउनेको संख्या दिन दिनै बढ्दै गएको पाइन्छ । त्यसैले गर्दा नै मास्को मूल्य पनि बढेको देखिन्छ । पोखराका औषधि पसलेले तेब्बर रुपैयासम्ममा मास्क बेचिरेहेको पाइएको छ । गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहिबार गरेको अनुगमनले मास्को कालोबजारी गरेको आरोपमा दुई औषधि पसलमा समितिले तालाबन्दि समेत गरेको छ । मास्कको कालोबजारीको गुनासो आएपछि अनुगमन गरिएको जानकारी छ ।

 

 

 

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्