गभर्नर भएमा यस्ता काम हरु गर्नेछु : चिन्तामणि शिवाकोटी

Machchapuchchre

अर्थ राजनीति । डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल टेलिभजन को न्युज च्यानलमा प्रतेक शनिबार राति ८ : ५० बजे प्रसारण हुने नेपाली टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै तत्काल स्प्रेड दर परिमार्जन नहुने र रास्ट्र बैंक आफ्नो अडानमा अडिग रहेको बताएका छन । उनले हाल रास्ट्र बैंकको नीतिले पहिलाको तुलनामा ब्याजदरमा स्थाइत्त्वो आएको समेत जानकारी गराएका छन । अधिकांस मुलुकमा बैंकका प्रमुख कार्यकारीको नियुक्तिमा केन्द्रीय बैंकको लगाम रहेको र नेपाल मा पनि बैंक तथा वित्तीय संस्था सम्बन्धि संसोधन बिधेयक पारित भएमा; प्रमुख कार्यकारी अधिकृत हुनु पुर्व रास्ट्र बैंक बाट ‘नो अब्जेक्सन’ लिनु पर्ने प्राबधान रहने बताए । ८०/९० वर्षका व्यक्ति बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत हुँदा कार्यसम्पादनमा कमि हुने र त्यसले कार्यक्षमता घटाउने हुदा उमेर हद को प्रसङ्ग रास्ट्र बैंकले उठाएको तर्क राखेका छन् । उनले एऊटै व्यक्ति बैंकर र ब्यबसाई रहेमा ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ को अबस्था सिर्जना हुने हुदा बैंकर र ब्यबसाइ लाई छुट्टयाऊन खोजिएको समेत जानकारी गराए ।

साथै उनले आफुले ३२ बर्ष लामो रास्ट्र बैंकको अनुभव संगालेको, बरिष्ठ डेपुटी गभर्नरको रुपमा काम गरिरहेको, मुलुक तथा विदेशमा उच्च शिक्षा हासिल गरेको,  नेपाल राष्ट्र बैंक ऐनले तोके बमोजिम योग्यता पुगेको हुनाले, केहि हप्ता  पश्चात नियुक्तहुने  गभर्नरका अन्य उम्मेदवार भन्दा आफु शसक्त र उपयुक्त रहेको दाबि गरेका छन् । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । उनि संगको अन्तरबार्ताको पूर्ण पाठ तल दिएको लिंक मा हेर्न सकिन्छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्