सफल कसरि बन्ने

Machchapuchchre

अर्थ राजनीति । हामि दिन रात नभनी सफलताको शिखरमा पुग्नका लागि मेहेनत गरिराको हुन्छौ । कहिले काही जतिनै राम्रो गर्ने प्रयास गर्दा गर्दै पनि आफुले सोचेको जस्तो सफलता मिलेको हुदैन । त्यसैले असफलता झेली रहनु भएको छ भने चाणक्यले दिएको ज्ञान लिनुहोस अनि त्यस पछी तपाईले आफ्नो जीवनमा असफलता झेल्नु पर्ने हुदैन  । आचार्य चाणक्यलाई महान राजनितिज्ञ र नितिका ज्ञाता मानिदै आएको छ । चाणक्यले दिएको ज्ञानको बारेमा तल पढ्नुहोस र सफल कसरि बन्ने भन्ने बारेमा थापाउनुहोस् ।

१) समय चक्र :

जसलाई वर्तमान समय कसरी चलेको बारेमा पूर्ण रुपमा ज्ञान छ, त्यो व्यक्तिलाई सफलताको सिंढी चढ्न धेरै मेहेनत गरिरहनु पर्दैन, त्यस्ता व्यक्ति नै जिबनमा सफल रहन्छ ।

२) दु:ख मा नआत्तिने सुखमा नामात्तिने :

ज्ञानी वा समझदार व्यक्ति त्यही हो, जसले दुखको दिनमा पनि सुखमा झै काम गरी धैर्य राख्न सक्छ ।  जो व्यक्ति दुख पर्नासाथ आतिंछ र अलिकति सुख भोग गर्न पाउदा मातिंछ त्यस्तो व्यक्तिले जिबनमा सफलता पाउन मुश्किल हुन्छ ।

३ घाटी हेरी हाड निल्नु :

आफुभित्र रहेको क्षमता लाई पहिचान गर्न सक्ने मानिस लेनै सफलता हासिल गर्दछ । गर्न लागेको काम प्रति कति भित्री शक्ति छ त्यो बारेमा ज्ञान हुनु आवश्यक छ, शक्ति भन्दा धेरै काम हात लिएमा असफलता को सामना गर्नुपर्ने हुन्छ ।

४ मित्रताको पहिचान :

मुखमा राम राम बगलीमा छुरा प्रकृतिका मानिसह हरु संग टाढै रहनु पर्दछ । हरेक व्यक्तिको कोहि न कोहि मित्र हुन्छन् । कुनै पनि काम सफल हुनको लागि यो जानकारी हुन आवश्यक छ कि आफ्नो सच्चा मित्र को हो ? किनकी सच्चा मित्रको मद्दतले सफलता हासिल गर्न सकिन्छ ।

५ आफु र आफ्नो संस्थाको भलो चिताउनु :

आफु कार्यरत संस्था बलियो र सक्षम भएमा आफु पनि सक्षम भइन्छ । व्यक्तिले जहाँ काम गरेको छ, उक्त ठाउँको बारेमा जानकारी हुनु आबस्यक छ,  तपाईले आफ्नो कार्य क्षेत्रको सधै ध्यान राख्नु पर्दछ । सधै आफ्नो काम प्रति र आफ्नो संस्थाप्रति लाभ मिलाउने काम गर्नु आबस्यक हुन्छ ।

६ आम्दानि अनुसार खर्च :

सफल व्यक्तिलाई सबैभन्दा पहिले आफ्नो आय र व्ययको जानकारी हुनुपर्छ । व्यक्तिको आफ्नो आय अनुसार खर्चको सिमा राख्नु पर्दछ । यदि आय भन्दा धेरै खर्च गरेमा दु:खमा फसिने निश्चित छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्