प्रधानमन्त्री ओलीको स्वास्थमा क्रमिक सुधार; सोमबार सम्ममा डिस्चार्ज

Machchapuchchre

अर्थ राजनीति । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण गरेको आज तीन दिन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा त्रि.वि शिक्षण अस्पतालका डा. प्रेमराज ज्ञावालीलेको टोलीले गरेको थियो । डा. प्रेमराज ज्ञावालीले सोमबार सम्ममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्न सकिने बताएका छन् । ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र यहि अनुसार सुधार भएमा सोमबार भन्दा बढी अस्पतालमा राख्नुनपर्ने जानकारी दिएका हुन् ।

डा.ज्ञवालीले अहिले प्रधामन्त्रीसंग दोहोरो कुराकानी भइरहेको र खाना पनि उठेर नै खान थालेकाले इन्फेक्सन बाहेका अरु कुनै पनि कुरामा समस्या नदेखिएको बताएका छन । इन्फेक्सनको खतरा रहेकाले चिकित्सक र प्रधानमन्त्री पत्नी राधिका शाक्य बाहेक अरु कसैलाई पनि भेट गर्न रोक लगाइएको बताएकको  छ । यहि रुपमा सुधार हुदै गयो भने ओली चांडैनै स्वस्थ हुने र तीन हप्ता पछी काममा फर्कने पनि उनले जानकारी गराएका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्