कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्छ, सुझबुझपूर्ण तयारी गरौं – गगन थापा

Machchapuchchre

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाभाइरस संक्रमणबाट सचेत रहनुपर्ने बताएका छन्। उनले कोरोनाभाइरस संक्रमणबाट तर्सने होइन, सचेत हुनुपर्नेमा जोड दिए।

‘कोरोनाभाइरस सचेत रहने हो तर्सने होइन,’ प्रतिनिधिसभामा शुक्रबार सार्वजनिक महत्वको प्रस्ताव गर्दै सांसद थापाले भने, ‘हामीलाई तयारीका लागि अहिले गोल्डेन पिरियड छ। हाम्रोजस्तो तयारीका लागि समय अरू देशले पाएन।’

उनले सुझबुझपूर्ण ढंगले सतर्कता गर्नुपर्ने बताए। ‘सुझबुझपूर्ण तयारी गरौं। सरकारले जे जति काम गरेको छ, म प्रशंसा गर्छु,’ उनले भने, ‘छरपष्ट होइन एकजुट भएर तयारीमा जुटौं।’ उनले कोरोनाभाइरस संक्रमणबाट जोगिन एक्सन प्लान बनाउनुपर्ने बताए। संघ, प्रदेश र स्थानीय सरकार मिलेर एकीकृत प्रयासमा जुट्नुपर्ने उनले बताए।

टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालबाट मान्छे भागेको समाचार आएको भन्दै थापाले आइसोलेसन बेड राम्रो बनाउनुपर्ने बताए। उनले खालि होटल, विद्यालयलगायतलाई आइसोलेसन बनाउन सकिने उनले बताए। संसदमा थापाले राखेको सार्वजनिक महत्वको प्रस्तावलाई कांग्रेस सांसद दिब्यमणिराज भण्डारी, राजेन्द्र केसीले समर्थन गरेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्