माधव नेपाललाई घरमै पुगेर भारतीय राजदूत क्वात्राले दिए जन्मदिनको शुभकामना

Machchapuchchre

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई भेट्न भारतीय राजदूत क्वात्रा नेपाल निवास कोटेश्वर पुगेका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । राजदूत क्वात्रा नेता नेपाललाई जन्मदिनको शुभकामना दिन निवास पुगेका थिए ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भारतीय राजदूत राजनीतिक भेटघाटमा व्यस्त भएका छन् । उनी नेपालका लागि भारतको राजदूत बनेर १८ फागुनमा काठमाडौं आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्