बैठक र प्रशिक्षणका लागि ओली-प्रचण्ड प्रदेश दौडाहमा, को कहाँ पुगे ?

Machchapuchchre

काठमाडाैं । सत्तारुढ नेकपाको प्रदेश कमिटी बैठक तथा प्रदेस्तरीय कार्यकर्ता भेलाका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै जिल्ला दौडाहमा निस्कने भएका छन् ।सातवटै प्रदेशमा कार्यकता भेला, बैठक र प्रशिक्षणका लागि दुवै अध्यक्षहरू जिल्ला दौडाहमा निस्कने भएका हुन् ।

नेकपाले सातवटै प्रदेशमा छुट्टा–छुट्टै समयमा आयोजना गर्ने कार्यकर्ता भेला, बैठक र प्रशीक्षण कार्यक्रमको कार्ययोजना सार्वजनिक गरिसकेको छ ।

४ फागुनदेखि २१ फागुनसम्म आयेजना हुने यी कार्यक्रमका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड नै सबै प्रदेशका कार्यक्रममा सहभागी हुँदै छन् । सबै प्रदेशमा २÷२ दिनसम्मका लागि कार्यक्रम आयोजना गर्ने कार्यक्रममा दवै अध्यक्षसहित केन्द्रीय सचिवालयका नेताहरूसमेत सामेल हुँदैछन् ।

भेला, बैठक र प्रशीक्षण कार्यक्रमका लागि प्रत्येक प्रदेशमा दुवै अध्यक्ष अनिवार्य रूपमा उपस्थित हुने छन् भने सचिवालय सदस्यहरूलाई विभिन्न प्रदेशमा प्रशीक्षण कार्यक्रमको जिम्मेवारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्