सरकारको निर्देशनमा अख्तियारले गच्छदारलाई फसाउन खोज्यो : नेता सिंह

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अख्तियार सरकारको निर्देशनमा चलेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिंहले ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको आरोप लगाएका हुन् ।

गच्छदारलाई फसाउन खोजेको भन्दै उनले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप पनि सिंहले लगाएका छन्। जग्गा प्रकरणमा निर्णय गर्ने मन्त्रिपरिषदका प्रमुख प्रधानमन्त्रीलाई जोगाएर अरुलाई मुद्धा चलाउनु बदनियतपूर्ण काम रहेको उनले उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्