एमसीसीका बारेमा नपढी बोल्दा समस्या झन जटिल बन्याे– गगन थापा

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने सस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन् ।

पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको सस्कृतिमा कमी भएको हुदाँ एमसीसी जस्तो बिषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको बताए ।

बिश्वबिद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै नेता थापाले बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गरे ।

कार्यक्रममा प्रदेश साँसद नरोत्तम बैध र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले बिशेष प्राथमिकता दिनु पर्ने आवश्यकता भएको उल्लेख गदै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनुृ पर्ने अवस्था रहेको बताए । कार्यकक्रममा नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैधले गुणस्तरिय र ब्यवसायिक तथा सिपमूलक शिक्षाको विकासमा दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्