यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका १७ निर्णय

Machchapuchchre

काठमाडौ । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो ।

ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो । यसैगरी मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ ।

त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्