बैंक अफ काठमाण्डूद्वारा श्री सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग

Machchapuchchre

काठमाडौं । बैंक अफ काठमाण्डूले भक्तपुरको श्री सजंय साई विद्या मन्दिरलाई विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद थापालाई हस्तान्तरण गरेका हुन् ।

२०६८ साल बैशाख १ गतेदेखि संचालनमा रहेको उक्त विद्यालयले हालसम्म आफ्ना सबै विद्यार्थीहरुलाई निःशुल्क शिक्षा दिंदै आएको छ । बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्