नेपाल टेलिभिजनमा ९७ कर्मचारीको माग

Machchapuchchre

अर्थ राजनीति । सरकारी संचारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा ९७ कर्मचारीको माग गरेको छ । नेपाल टेलिभिजनमा चौथों तह देखि सातौं तहसम्मका पदआपूर्तिको लागि ९७ कर्मचारी माग गरेको छ । सातौं तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । यो पदका लागि १,१ र ३ जना मागेको जानकारी छ । त्यस्तै गरि छैटौं तहमा ३ जना प्रशासन अधिकृत, ३ जना लेखा अधिकृत, ३ जना दृश्य सम्पादक, ९ जना समाचार सम्पादक, ३ जना क्यामरा म्यान, ३ जना निर्माता, १ जना आर्टिस, कम्पुटर अधिकृत १ जना, दुई जना ध्वनि नियन्त्रक र दुई जना व्यापार प्रवद्रधक माग गरिएको छ । त्यस्तै गरि वरिष्ठ सहायक प्रशासनमा दुई जना, वरिष्ठ सहायक लेखा ३ जना, वरिष्ठ सहायक प्रवाधिक ७ जना, पाच जना वरिष्ठ सहायक दृश्य सम्पादकमा, १ जना वरिष्ठ कम्पुटर अपरेटर, ३ जना वरिष्ठ सहायक क्याम्यरा म्यान, चार जना वरिष्ठ सहायक समाचार र सहायक कार्यक्रममा ४ जना माग गरेको छ । चौथों तहमा भने सहायक प्रशासन, सहायक प्राविधिक र सहायक लेखामा ६,१८ र १ जना माग गरेको छ ।

अधिकृत तहका कर्मचारीका लागि कम्तीमा सम्बन्धित विषयमा स्नातक तह उतिर्ण गरी २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै सहायक पदका हकमा त्यस्तै पाँचौँ तहका लागि प्रमाणपत्र तह तथा एसएलसी र चौथो तहका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । यी दुवै तहमा महिला तथा अपांगता भएकाहरुका लागि भने उमेरको हद ४० वर्षसम्म तोकिएको छ ।

इच्छुक व्यक्तिले फाल्गुन १ गते सम्म दरखास्त दिन सक्ने छन् र दोब्बर दस्तुर तिरेर फाल्गुन ८ गते सम्म दरखास्त दिन पाइन्छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्