राष्ट्र बैंकका चार कार्यकारी निर्देशकको अवकाशपछि कार्यकारी निर्देशकको पदमा नयाँ कर्मचारी

Machchapuchchre

अर्थ राजनीति ।  नेपाल राष्ट्र बैंकका चार कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, सुनिल उदास ,सरिता भट्ट र महेश्वरलाल श्रेष्ठले अवकाश पाएका छन् । कार्यकारी निर्देशकले अवकाश पाए पछी , राष्ट्र बैंकमा चार वटा कार्यकारी निर्देशकको पद खाली भएको छ ।

कार्यकारी निर्देशकमा वरियताका आधारमा बढुवा गरिने नियम छ । जसअनुसार, उदास र अधिकारीको ठाउँमा रेवति प्रसाद नेपाल र रामु पौडेललाई नियुक्त गरिसकिएको छ । उनीहरुलाई निमीत्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । कानुन महाशाखा प्रमुख रहेका रेवति नेपालले भुक्तानी व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने वित्तीय जानकारी इकाईमा रहेका रामु पौडेलले फाइनान्स कम्पनी सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।

श्रेष्ठ र निरौलाको ठाउँमा नियुक्ती गर्न भने बाँकी नै छ । वरियता क्रमका आधारमा तेस्रो र चौथो स्थानमा विश्रुत थापा र राम बहादुर मानन्धर रहेका छन् । केही दिनमा उनीहरुको पनि  बढुवा हुने भएको जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्